भाग्यले साथ दिएकी पुजा, जो बनिन देशकै कान्छी महाधिवेशन प्रतिनिधि


मंग्सिर ५, २०७८ आइतबार 33

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सोलुखुम्बुको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पुजा फुयाल विजयी भएकी छन। मङ्सिर २ गते भएको निर्वाचनमा महिला (खस आर्य) कोटाबाट निर्वाचन ल’डेकी फुयाल र टंकीमाया बस्नेतले समान ४०३ मत प्राप्त गरेका थिए ।

गोलाप्रथा मार्फत नतिजा सार्वजनिक गर्दा फुयालले बाजि मा’रेकी हुन। ‘म त एकदमै दु’खित भइसकेकी थिए भर भाग्यमा थियो भाग्यले पनि साथ दियो फुयालले भनिन’ ।जिल्लाको नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा निर्वाचित फुयालले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि विजयी भएकी हुन।

फुयाल अहिले सम्मको नतिजालाई हेर्दा देशकै कान्छी महाधिवेशन प्रतिनिधि हुन। उनी अहिले २१ बर्षकी मात्र भएकी छन ।राजनीतिमा सानै देखि चासो राख्ने पुजा नेपाल विद्यार्थी संघ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्य समेत हुन।

उता नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको अधिवेशनबाट सभापतिमा चयन हुने मैयाँ श्रेष्ठ लावती पहिलो महिला बनेकी छन्। पाँचथरको प्रदेश सभा क्षेत्र ‘ख’ बाट उनले जित निकालेकी हुन्। श्रेष्ठले सभापतिका प्रतिस्पर्धी नगेन लामालाई पराजित गरिन्। विजयी श्रेष्ठले २७३ मत प्राप्त गरेकी थिइन् भने पराजित लामाले २०९ मत प्राप्त गरे।

विजयी श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं उपकारको अध्यक्ष समेत हुन्। विजयी श्रेष्ठ संस्थापनइतर पक्षकी हुन्। पाँचथरको प्रदेश ‘क’मा भोगिश्वर योङ्हाङ्ग विजयी भएका छन्। शनिबार भएको मतदानको नजिता आइतबार बिहान सार्वजनिक गरिएको थियो।

पाँचथरको जिल्ला अधिवेशन सोमबार हुँदैछ। उता नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ ।बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

सहमति बनेका चार क्षेत्रबाट १८/१८ जना प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए ।`बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं’, उनले भने ।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्