रेखा थापाले आफ्ना पूर्व पति छवि ओझालाई दिइन् जन्मदिनको शुभकामना, फेसबुकमा आयो यस्तो प्रतिक्रिया


मंग्सिर ७, २०७८ मंगलबार 26

अभिनेत्री रेखा थापाले आफ्ना पूर्व पतिलाई जन्मदिनको शुभकामना दिएकी छिन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले तस्वीर सहित छवि ओझालाई दिएको शुभकामनाको कमेन्टमा रेखाले पनि शुभकामना दिएकी हुन् । आकाशले आफ्नो फेसबुक प्रोफाइलमा लेखेका थिए, वरिश्ठ निर्माता एवन् नेपाल चलचित्र निर्माता संघका सचिव मित्र छबिराज ओझा जी लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।

२ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । ५े दर्जनौ सुपरहिट चलचित्र काली र हिम्मतवाली पछि २०७० चैत २६ मा चलचित्र रामप्यारी लिएर आएकि थिइन् ।

कोटेश्वर मा एकीकृत नेकपा माओवादी को पार्टी मुख्यालय कार्यालयको एक सार्वजनिक कार्यक्रम बीच एक शीर्ष राजनीतिक दल एकीकृत नेकपा माओवादीमा उनको प्रवेशले उनको प्रशंसकहरूले केही आलोचना गरिएको थियो । ७े नोभेम्बर २००९ मा, थापाले दरबार स्क्वायरमा, एनेकपा माओवादीको सरकार मुख्यालय घेराउ कार्यक्रमको सभामा प्रचण्डसँग नृत्य गरेकी थिईन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्